काठमाडौं । राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल राष्ट्रको एकीकरण गर्ने महान् योद्धा पृथ्वीनारायण साहको योगदानको स्मरण गर्दै उनको सालिकमा आज माल्यार्पण गरियो ।

सिंहदरबारको पश्चिम प्रवेशद्वार अगाडि रहेको पृथ्वीनारायण साहको सालिकनेर मुलुकमा राजनीतिक परिवर्तनको घटनासँगै राज्यका निकायबाट औपचारिक कार्यक्रम गर्न छाडिएकामा १० वर्षपछि यस वर्षदेखि फेरि सुरु गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको अगुवाइमा पृथ्वीनारायण साहको तस्बिरलाई बग्गीमा राखेर निकालिएको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेर सिंहदरबारको पश्चिम ढोकामा पुगेको थियो । र्यालीमा नेपाली सेना, नेपाल प्रहरी र धिमेबाजाका साथै नेपाल स्काउटका छात्रछात्रा, बुद्धिजीवी, समाजसेवी तथा साहित्यकार सहभागी थिए ।

k[YjL hoGtLsf] cj;/df l;+xb/af/ cufl8sf] k[YjLgf/fo0f zfxsf] zflnsdf dfNofk{0f ul/+b} . tl:a/ M /Tg >]i7, /f;; .

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण साहले दक्षिणतर्फ अङ्ग्रेजको दबदबा रहेका बखत स–साना राज्य रजौटालाई एकीकरण गरेर विशाल नेपाल निर्माण गरेका थिए ।

पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उपप्रधानमन्त्रीद्वय कमल थापा र सिपी मैनाली, उपसभामुख गङ्गाप्रसाद यादव, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वमन्त्री मोदनाथ प्रश्रितलगायतका व्यक्ति सिंहदरबार पश्चिम ढोकापुगेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, नेताद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पनि सालिकमा माल्यार्पण गरे ।

त्यस्तै माल्यार्पणका लागि भद्रकालीबाट सिंहदरबारतर्फ जान लागेको जुलुुसलाई निषेधित क्षेत्रका कारण प्रहरीले रोकेपछि सहभागीहरुले त्यही सभा गरेका थिए ।

पृथ्वीनारायणको योगदानलाई अस्विकार गर्न हुँदैन : प्रम ओली
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको अगुवाइमा राष्ट्र निर्माणका लागि भएको एकीकरणको महत्व र योगदानलाई कसैले पनि अस्विकृत गर्न नहुने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २९४औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको जलपान समारोहमा सहभागिता जनाउँदै उनले गणतन्त्रमा इतिहासमा योगदान गरेको व्यक्तिको सान्दर्भिकता नहुने बताए ।

For More videos Log on to Mazzako TV