काठमाडौं । गायिका रेखा शाहलाई ठगीको आरोपमा प्रहरीले श्रीमान सहित पक्राउ गरेको छ । प्रहरीले आइतबार बेलुकी काठमाडौंमा रेखा र उनका श्रीमान इन्द्र गुरुङलाई पक्राउ गरेको हो ।

Rekha Shahशाह दम्पत्तीले क्यासिनोमा जुवा खेल्न सन्दिपराज काफ्ले नामका व्यक्तिलाई पैसा लगानी गरेको प्रहरीले जनाएको छ । काफ्लेका बुवा सुवासराज काफ्लेले शाह दम्पत्तीबाट आफूलाई धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।

शाह दम्पत्तीविरुद्ध उजुरी परेपछि महानगरीय प्रहरी परिसरले शाह दम्पत्तीलाई कार्यालयमै बोलाएको थियो । कार्यालयमा पुगेका शाह दम्पत्तीलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

रेखासित व्याजमा लिएको पैसा तिर्न नसकेका सन्दिपराज सम्पर्कविहीन भएपछि रेखाले बुवा सुवासराजसित ताकेका गरेका थिए । सन्दिपलाई ऋण दिएको ७३ लाख रुपैयाँ बराबरको चेकको अधकट्टी रेखासित छ ।

For More videos Log on to Mazzako TV