नेपालगन्ज । एकीकृत नेकपा (एमाओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत सरकारले गरेको नाकाबन्दीका कारण जति दुःख नेपालीले पाएका छन्, त्योभन्दा बढी नैतिक तथा राजनीतिक क्षति भारतलाई भएको टिप्पणी गरेका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधान नेपाली जनताले बनाउने हो तर Prachanda.jpg1भारत सरकारको नाकाबन्दी जस्तो कठोर कदम त्यति ठूलो प्रजातान्त्रिक मुलुकलाई सुहाउने विषय हुनै सक्दैन ।’

संविधान कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रचण्डले निरन्तरको परिमार्जनबाट यसलाई थप गतिशील बनाउन सकिने भएकाले कोही आत्तिनुपर्ने अवस्था नभउको बताए ।

एक प्रश्नको जवाफमा उनले व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताउँदै प्रदेश सीमाङ्कनको विषय तीन महिनाभित्र टुङ्गोमा पुर्याउन समझदारी खोजिने बताए ।
मधेसी मोर्चासँग निर्णयक वार्ता

यसैबीच प्रचण्डले दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले घोराहीमा गरेको स्वागत कार्यक्रममा  आफूहरु काठमाडौं फर्किएलगत्तै मधेसी मोर्चासँग निर्णायक वार्ता गरेर समस्याको टुङ्गो लगाउने बताएका छन् ।

उनले आफूहरुले निर्णायक वार्ता गर्ने र अबको दुई/तीन दिनमा नै नाकाबन्दी र मधेस समस्या समाधान हुने बताए । संविधान निर्माणसँगै नेपाल र नेपालीले भोग्नुपरेको समस्याबाट पाठ सिकेर देश अगाडि बढ्ने उनको भनाइ थियो ।

विसं २०७२ लाई असाधारण वर्ष भन्दै उनले यो वर्ष भोग्नुपरेका समस्यालाई अवसरको रुपमा लिएर अगाडि बढ्न आवश्यक भएको बताए । अध्यक्ष प्रचण्डले देश अब आत्मनिर्भर बन्न आवश्यक भएको पनि बताए ।

त्यस्तै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै भारतसँगको नाका खोल्ने र मधेस आन्दोलन समाधान गर्ने विषयमा राजनीतिक रुपमा टुङ्गो लाग्ने उनको भनाइ छ ।

For More videos Log on to Mazzako TV