काठमाडौं । बङ्गलादेशमा जारी बङ्बन्धु कप फुटबलको आज भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेलेको छ । सामसुल हुडा रङ्गशालामा भएको खेलमा नेपालले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न भनेNepal Malaysia सकेन ।

साग खेलकुदको तयारीस्वरुप बङ्गबन्धु गोल्डकप फुटबल खेल्न ढाका पुगेको नेपाली टोलीमा विराज महर्जनको कप्तानीमा साफ च्याम्पियनसिपका १३ खेलाडी समावेश छन् । नेपालले साफमा बिनाजित घर फर्किए पनि ११ खेलसम्मको गोलविहीन यात्रा भने टुङ्ग्याएको थियो ।

नेपाल आयोजक बङ्गलादेशसँगै श्रीलङ्का र मलेसिया रहेको समूह ‘ए’ मा छ । मलेसियाविरुद्ध नेपालले अहिलेसम्म खेलेका पाँच खेलमा एकमा गोलरहित बराबरी खेलेको छ भने अन्यमा हार बेहोरेको एन्फाले जनाएको छ ।

बङ्गबन्धु गोल्डकपमा १७ वर्षपछि सहभागी भएको नेपालले दोस्रो खेल आगामी मङ्गलबार आयोजक बङ्गलादेश र समुह चरणको अन्तिम खेलमा बिहीबार श्रीलङ्काको सामना गर्नेछ ।

For More videos Log on to Mazzako TV