काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफूहरुले उठाएको मुद्धा सम्वोधनका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।

मोर्चाको बैठकले वार्ताको समिक्षा गर्दै संविधान संसोधन विधेयकमार्फत् आफूहरुले उठाएको मुद्धा सम्वोधन नहुने निष्कर्षसहित माघ पहिलो सातासम्मका लागि कार्यक्रम सार्वजनिक गरेको छ ।

Madeshi leader with Indian Mediaमोर्चाका अनुसार, पुष २८ गते जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन, माघ २ मा लाठी जुलुस, माघ ४ गते मसाल जुलुस र माघ ७ गतेका लागि सभा गर्ने लगायत कार्यक्रम तय भएको छ ।

सद्भावनाका महासचिव मनिष कुमार सुमनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिए । सरकार र प्रमुख दलसँग २५ पटक वार्ता भन्दा बढी पटक वार्ता भएपनि उनीहरुको मधेस प्रतिको दृष्टिकोण प्रस्ट नभएकाले वार्ता सहमतिमा पुग्न नसकेको मोर्चाले आरोप लगाएको छ ।

संविधान संसोधन विधेयकले समानुपातिक समावेशी सिद्धान्तलाई अंगीकार गर्न नसक्ने मोर्चाको ठहर छ ।

For More videos Log on to Mazzako TV