काठमाडौंं । बाबुराम भट्टराईले अभियान चलाउँदै आएको नयाँ शक्तिको लागि सहयोग पुर्याउने उद्देश्यले ‘नयाँ शक्ति आयो’‘ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा पत्रकार तथा कलाकार कुसुम भट्टराईको शब्द, स्वर र संगीत रहेको छ । यूटुबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा नयाँ शक्तिमार्फनै देशले आर्थिक रुपमा फड्को मार्न सक्ने सन्देश दिइएको छ ।

कलाकार भट्टराईले नयाँ शक्तिमार्फत नै आर्थिक समृद्धि हुन सक्ने भएकाले आफूले संगीतमार्फत पनि सो भावना व्यक्त गरेको बताए । गीत राग बृन्दावनी सारंगमा कम्पोज गरिएको भट्टराईले बताए ।

यस्तो छ गीत

सुनको दिन उदायो हेर सुनको उदायो
सारा जगले समृद्धिको गीत सुरिलो गायो

उन्नतीको नयाँ लहरले उमंग सबमा छायो
प्रगतिको नयाँ प्रहरले तरंग सबमा ल्यायो

देशको काँचुली फेर्ने नयाँ अठोट जाग्यो
आर्थिक क्रान्तिको बिगुल फुक्दै नयाँ शक्ति आयो

कृषिको विकास गर्न नयाँ शक्ति आयो
पर्यटन प्रबद्र्धन गर्न नयाँ शक्ति आयो

जलस्रोतको उपयोग गर्न नयाँ शक्ति आयो
औद्योगिक क्रात्ति गर्न नयाँ शक्ति आयो

समृद्ध नेपाल बनाउन नयाँ शक्ति आयो

समावेशी नेपाल बनाउन नयाँ शक्ति आयो

स्वाभिमानी नेपाल बनाउन नयाँ शक्ति आयो

हिमाल पहाड मधेसमा नयाँ शक्ति आयो
नयाँ शक्ति आयो……

For More videos Log on to Mazzako TV