काठमाडौं। एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब ‘ग्यासको पाइपलाइन नै घरघरमा पुर्‍याइदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा एमाले राजधानी विशेष समन्वय कमिटीको भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘अब KP OLiसिलिण्डरको फेज समाप्त भयो, कहिले ग्यासको बुलेट आउला भनेर हेर्ने दिन गए,’ प्रधानमन्त्री ओलीले भेलालाई सम्बोधन गर्दै भने, ‘अलिकति समय दिनुहोस्, घरका चुला चुलामा ग्यासको पाइप फिट गरिदिन्छु ।’

कार्यकर्तामाझ आफ्ना विरोधीको आलोचना गर्दै भाषण अघि बढाएका ओलीले आफ्नो भनाइलाई काममा उतारेर देखाउने दाबी गरे । ‘चुला चुलामा ग्यासको पाइप हुन्छ, भित्तामा मिटर टाँसिन्छ जति बाल्नुहुन्छ, त्यसको पैसा तिर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने ।

ओलीले काठमाडौंको फोहोरबाट पनि ग्यास निकाल्ने काम सुरु हुने बताए । हावाबाट विजुली निकाल्ने र एक बर्ष भित्र लोडसेडिङ अन्त्य गरेरै छाड्ने योजना रहेको र त्यअनुसार काम भइरहेको दाबी ओलीले गरे । तर यस्ता काम गर्न खोल्दा विपक्षीहरु भने आत्तिएको प्रधानमन्त्री ओलीको कथन थियो ।

‘यस्ता कुरा सुनेपछि केही केहीलाई तिरिमिरी झ्याँई भएको छ,’ प्रधानमन्त्री ओलीले भने । उनले तातोपानीका कुण्डबाट थर्मल विजुली निकाल्ने र पाँचतारे होटल बनाएर तातोपानीकै स्वीमिङ पोखरी बनाउने भाषण गरिरहँदा कार्यक्रममा उपस्थित कार्यकर्तामाफ हाँसोको फोहोरा छुटेको थियो ।

For More videos Log on to Mazzako TV