काठमाडौं ।भारतको हरिद्वारमा भएको पतञ्जली योगपीठको कार्यक्रम तथा दिल्लीमा विभिन्न दलका वरिष्ठ नेता एवं मन्त्रीसँगको भेटवार्तापछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल गएराति स्वदेश फर्किए ।

ती भेटवार्तामा उपसभापति पौडेलले दुई देशबीचको सहज सम्बन्धमा पछिल्लो समयमा देखिएको कठिनाइ र नेपालीले भोगिरहेको समस्याबारे अवगत गराई आपूर्ति व्यवस्थालाई सहज तुल्याई समस्याको छिटो निकास दिनुपर्नेमा जोड दिएका थिए ।

सामानहरु सहज आपूर्ति हुन नसक्दा नेपालमा देखिएको कठिनाइबारे भारत जानकार रहेको र त्यसलाई समाधान गर्न आफूहरु क्रियाशील रहेको भनाइ भारतीय पक्षले उपसभापति पौडेलसमक्ष राखेका थिए ।

Ramchandara Poudel“मैले समस्याको छिटो निकास खोज्न र असहज आपूर्तिलाई छिटो सहज बनाउन भारतले तदारुकता देखाउन भने, घरभित्रको समस्या हामी आपसी संवाद, सहमति र छलफलबाट टुङ्ग्याउन क्रियाशील छौँ,” उपसभापति पौडेलले स्वदेश फर्केपछि भने ।

आफूले भेटेका भारतका सबै पार्टीका नेताको नेपालप्रति सद्भाव र सहानुभूति पाएको तथा अहिलेको अवस्थालाई धेरै लम्ब्याउन नहुने धारणा राखेको पाएको समेत उपसभापति पौडेलले बताए ।

बिहीबार काँग्रेस आईका नेता डा करण सिंहसँग भएको भेटमा नेता सिंहले नेपालमा देखिएको समस्याप्रति चिन्ता व्यक्त गर्दै समस्याको छिटो निकास खोज्नुपर्नेमा जोड दिएका थिए ।

उपसभापति पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्ष श्याम जाजुसहित विभिन्न पार्टीका नेतासँग भेटवार्ता गरे ।

For More videos Log on to Mazzako TV