काठमाडौं। संविधान संशोधन विधेयकमा २५ संशोधन दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र एकीकृत नेकपा (माओवादी)का सांसदले समूहगत तथा व्यक्तिगत रुपमा पनि प्रस्ताव दर्ता गराएका छन् ।

संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार निर्धारित समयभित्र समूहगत तथा व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता भएका हुन् ।

उनका अनुसार काँग्रेसका नेता विमलेन्द्र निधि, डा मीनेन्द्र रिजाल र फरमुल्लाह मन्सुरले फरक फरक संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

CA-buildingएमाओवादीका रामनारायण बिंडारीलगायत १० जनाले पनि संयुक्त एवं फरक फरक रुपमा प्रस्ताव दर्ता गराएको सहायक प्रवक्ता कुइँकेलले जानकारी दिए । यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र मीना पुन, नेपाली जनता दलका हरिचरण साह, खम्बूवान राष्ट्रिय मोर्चाका रामकुमार राईलगायतले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संसद् सचिवालयले संशोधन प्रस्ताव दर्ता गर्न आज अपराह्न २ बजेसम्मको समयसीमा तोकिएको थियो । प्रस्ताव दर्तामा सांसदको चासो बढेपछि सचिवालयले थप तीन घन्टा समय बढाएको थियो ।

दर्ता भएका संशोधन प्रस्तावलाई सभामुखले आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाउनुहुनेछ । संविधान र नियम विपरीत दर्ता गराएका प्रस्ताव भने स्वतः अस्वीकृत हुनेछन् । सरकारी विधेयकका रुपमा सदनमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई कसरी र कहिले कुन विधिका आधारमा अगाडि बढाउने भन्ने निर्णय सरकारले तय गर्नेछ । रासस

For More videos Log on to Mazzako TV