काठमाडौं । सर्वोच्च अदालतले ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्यामा दोषि ठहर भएका एकीकृत माओवादीका नेता बालकृष्ण ढुंगेललाई आम माफी नहुने आदेश दिएको छ ।

तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको निर्णय उल्टाउदै सर्वोच्चले ढुंगेललाई आममाफी नहुने आदेश दिएको हो ।

Balkrishina Dhungelप्रधानन्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा बसेको संवैधानिक इजलाशले श्रेष्ठको हत्यामा दोषी ठहर ढुंगेल माथिको भट्टराई नेतृत्वले गरेको निर्णय बदर गरेको हो । नेपालको संविधानको धारा २ सय ७६ बमोजिम माफी सम्बन्धी कानुन अभावमा माफी सम्बन्धी निर्णय गर्न नसकिने भन्दै इजलाशले यस्तो आदेश दिएको हो ।

सर्वोच्चले यसअघि नै श्रेष्ठको हत्यामा ढुंगेललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सर्वोच्चको सो फैसला पछि पनि ढुंगेल भने राजनीतिक आडमा सार्वजनिक स्थलमा खुलमखुल्ला घुुमिरहेका छन् ।

For More videos Log on to Mazzako TV