काठमाडौं। भारत भ्रमणमा रहेकहा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बुधवार भारतीय नेताहरुसँग भेटघाट गरेका छन् ।

उपसभापति पौडलले आज नयाँ दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोशियारी तथा महासचिव राम माधवलगायत नेतासँग भेटवार्ता गरेको उनको निजी सचिवालयले जनाएको छ ।

Ramchandra Poudel- Susma Swrojभेटवार्ताका क्रममा दुई मुलुकबीचको आपसी सम्बन्ध र हाल नेपालको सिमानामा देखिएको आपूर्तिको असहजताबारेमा समेत छलफल भएको थियो ।

उपसभापति पौडेलले भ्रमणका दौरान नेपालका लागि भारतका पूर्वराजदूत एवम् भारतीय प्रधानमन्त्रीका प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।

उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन यही पुस २० गते पाँचदिने भ्रमणका लागि भारत जानुभएको हो ।

काँग्रेसको आसन्न १३औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिका उम्मेदवार ठानिएका उपसभापति पौडेलको भारतीय नेतासँगको उच्च भेटवार्तालाई यहाँ महत्वका साथ हेरिएको छ ।

For More videos Log on to Mazzako TV