काठमाडौं । एमाले संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ चयन भएका छन् । एमालेले दोस्रो संविधानसभा निर्वाचनपछि उपनेता चयन गर्न सकेको थिएन । एमाले संसदीय दलको मंगलबार बसेको बैठकले नेम्वाङलाई उपनेता चयन गरेको हो ।

subash-nembang-650x335नँया सभामुख चयन भएसागै नेम्वाङले पार्टीमा जिम्मेवारी खोज्दै थिए । केही साताअघिमात्रै एमालेले केन्द्रिय सदस्यबाट स्थायी कमिटी सदस्यमा बढुवा गरेको थियो ।

ढकाल प्रमुख सचेतक

त्यस्तै बैठकले सांसद भानुभक्त ढकाललाई प्रमुख सचेतकमा चयन गरेको छ । पहिलेका प्रमुख सचेतक अग्नि खरेल कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भएपछि उक्त पद रिक्त थियो ।

संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निकट ढकाल समानुपातिक सांसद हुन् ।

For More videos Log on to Mazzako TV