काठमाडौं । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा नेपाली काँग्रेसका कमल पङ्गेनीले कालोबजारी र कृत्रिम अभावले जनता आहत छन् भन्दै भूकम्पपीडितका लागि न्यानो कपडाका लागि विनियोजित रकम वितरण हुन विलम्बको कारण माग गरे ।

नेकपा (एमाले)का रवीन्द्र अधिकारीले उत्तर–दक्षिण राजमार्ग निर्माणको कामले खासै गति नलिएकामा चिन्ता व्यक्त गर्दै ती राजमार्ग निर्माणमा इमानदारीका साथ सरकार लाग्नुपर्ने औँल्याए । “चीनसँगका महत्वपूर्ण नाका शीघ्र सञ्चालनमा सरकारको ध्यान जाओस्”– उनले भने ।

CA-buildingएकीकृत नेकपा (माओवादी)का छमबहादुर गुरुङले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका जनता राहत नपाएर आहत भएको बताउँदै ती स्थानको पुनःनिर्माण एवं पुनःस्थापनामा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारलाई सहयोग नगरेको आरोप लगाए ।

नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले नेपालको आन्तरिक मामिलामा भारतका सांसद्ले गैरजिम्मेवार ढङ्गले अभिव्यक्ति दिएकामा आपत्ति जनाइन । राष्ट्रिय जनमोर्चा नेपालकी मीना पुनले अघोषित नाकाबन्दी र भूकम्पका कारण नेपाली जनताले झेल्नुपरेको सङ्कटको अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने बताइन ।

नेकपा (संयुक्त) का जयदेव जोशीले भूकम्पबाट आहत भएका नेपाली जनतामा अघोषित नाकाबन्दीले थप पीडा थपेको भन्दै मधेसका समस्या शीघ्रातिशीघ्र समाधान गर्नुपर्नेमा जोड दिए । उनले डा महतप्रति धन्यवाद प्रस्ताव पारित गर्नुपर्ने सांसद खतिवडाको प्रस्तावको समर्थन पनि गरे । तराई–मधेसमा आन्दोलनरत दलका केही सांसद्ले भने सभामुखको आसन अगाडि उभिएर नाराबाजी गरिरहे ।

For More videos Log on to Mazzako TV