मज्जाको अनलाईन, पुष २१ गते मंगलबार, २०७२, काठमाण्डौं ।

महानायक राजेश हमालले आफ्नो फिल्मी करियरमा विभिन्न अवतारमा प्रस्तुत भएका छन् । पछिल्लो पटक निकै कम सिनेमामा काम गरिरहेका हमाल आफ्नो गेटअप र प्रस्तुतीकरणमा पनि केही नयाँ कोशिषहरु गरिरहेका छन् । यसैबीच महानायकका केही एक्सक्लुसिभ तस्वीरहरु प्राप्त भएका छन्, जहाँ उनी महिलाको अवतारमा प्रस्तुत भएका छन् ।

rajesh-hamal-sakuntala

राजेशको यो गेटअप चलचित्र सकुन्तलाको लागि हो । उनी चलचित्रमा महिलाको भुमिकामा देखा परेका छन् । करिब अढाई दशकको उनको फिल्मी करियरमा उनी निकै ब्युटिफुल र गर्जियस महिला पात्रको रुपमा देखा परेका छन् । तस्वीरमा उनीसँगै अभिनेता किशोर खतिवडालाई पनि देख्न सकिन्छ ।

rajesh hamal skuntala1

केही दिन अघिदेखि फ्लोर ज्वाईन गरेको चलचित्र सकुन्तला महिला प्रधान चलचित्र हो, जहाँ हमाल नै मुख्य भुमिकामा छन् । चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरिरहेका छन् । चलचित्रमा राजेशसँगै अनु शाह पनि लिड रोलमा रहेकी छिन् ।

For More videos Log on to Mazzako TV