मज्जाको अनलाईन, पुष २१ गते, मंगलबार, २०७२, काठमाण्डौं ।

एउटै मितिमा सार्वजनिक प्रर्दशनमा आउन लागेका चलचित्र ‘क्लासिक’ र ‘प्रेम गीत’को चर्चा यतिबेला फिल्मी बजारमा खुबै छ । दुबै चलचित्रका निर्माताहरु आफ्नो चलचित्र उत्कृष्ट भएको दावी गर्छन् । चलचित्रको कन्टेन्ट र प्रेजेन्टेसन के छ, त्यो त चलचित्र प्रर्दशनमा आएपछि नै थाहा होला तर दुबै सिनेमाका मेकरहरु आफ्नो चलचित्र ‘सम्पुर्ण प्रेम गर्नेहरुको लागि हो’ भनिरहेका छन् । भ्यालेन्टाईन्स डे लाई क्यास गर्न दुबै सिनेमा माघ २९ गते रिलिज हुदैछन् ।

Classic vs preem geet

यि दुई चलचित्रको प्रोमोशनल कन्टेन्टहरुमा पनि प्रतिस्पर्धा देखिएको छ । एउटा सिनेमाको गीत रिलिज हुने बित्तिकै अर्को सिनेमाको गीत पनि युट्युबमा आईहल्नु अनि उस्तै प्रकृतिका गीत संगीतहरु दुबै सिनेमामा हुनुले पनि ‘क्लासिक भर्सेस प्रेम गीत’ लाई झनै प्रष्ट्याएको छ । यि दुई सिनेमा बीचको प्रतिस्पर्धामा कुन सिनेमाले उछिन्ने हो  त्यो भने माघ २९ गतेपछि नै थाहा हुनेछ ।

चलचित्र ‘क्लासिक’को गीतहरु यस्ता छन् ।

चलचित्र ‘प्रेम गीत’का गीतहरु यस्ता छन् ।

यि दुई चलचित्रका गीतहरु मध्ये तपाईलाई कुन मन पर्यो ? कमेन्ट गर्न सक्नुहुनेछ ।

For More videos Log on to Mazzako TV