काठमाडौं । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) निरन्तर सामाजिक कार्यमा सक्रिय देखिएका छन् ।

dhurmus-suntali-in-helpनेपालमा बैशाख १२ गते गएको ठुलो भुकम्प पछि धुर्मुस सुन्तली निरन्तर सामाजिक कार्यमा अग्रसर देखिएका हुन् ।

भुकम्प गएको नौं महिना बितिसक्दा पनि यि कलाकारहरु निरन्तर जिल्ला बाहिरका भुकम्प पिडितहरुलाई सहयोग गर्दै हिडिरहेका छन् ।

यसैक्रममा धुुर्मुस सुन्तलीको विशेष पहलमा ‘नेपाली समाज टेक्सस अमेरिका’ले सिंगो गाविसलाई नै २० लाख बराबरको ब्ल्याङ्केट वितरण गरिएको छ ।

dhurmus-suntalaliकेहि दिन अघिमात्र पुर्व पश्चिम राजमार्ग सरसफाई कार्यक्रम सकेका धुर्मस सुन्तलीले सिन्धुपाल्चोकका ८ सय १६ परिवारलाई न्यानो ब्ल्याङ्केट वितरण गरेका हुन् ।

उनीहरुले यो भन्दा अघि दोलखाका ७५ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए ।

उनीहरु नेपाल सरकारका सरसफाई दुत समेत हुन् ।

For More videos Log on to Mazzako TV