काठमाडौं । पूर्वअर्थमन्त्री रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्रीमा छानिएका छन् । बेलायती पत्रिका ‘द बैंकर’ले हरेक बर्ष सार्वजनिक गर्ने सूचिमा महत विश्व र एसिया प्रशान्त दुवै तर्फबाट उत्कृष्ट अर्थमन्त्री छानिएका हुन् ।

Ram Shran Mahat‘गत बैशाखको भूकम्प लगत्तैको उद्धार र त्यसपछि अन्तराष्ट्रिय सहायता ल्याउन महतले गरेको कामले एसिया प्रसान्त क्षेत्र र विश्वभरिकै उत्कृष्ट अर्थमन्त्री हुनुभएको द बैंकरले जनाएको छ । बैंकरका अनुसार उसले हरेक बर्षको जनवरी अंकमा उत्कृष्ट अर्थमन्त्री सार्वजनिक गर्ने गरेको छ ।

यसअघि हाल भारतका राष्ट्रपति प्रणव मुखर्जी अर्थमन्त्री छँदा एसिया प्रशान्त क्षेत्रमा उत्कृष्ट हुनुभएको थियो । यसपटक महत भने दुवै तर्फ उत्कृष्ट भएका हुन्  ।

For More videos Log on to Mazzako TV