महोत्तरी। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता गर्ने मधेसीहरु नै देशको सच्चा मधेसी हुने बताएका छन् ।

दुई नम्बर प्रदेशको दुईदिने बैठकमा सहभागी हुन महोत्तरीको बर्दिवास आएका अध्यक्ष प्रचण्डले पत्रकारको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

Prachanda.jpg1“मधेसवादी दलले जति छिटो नाकाबन्दी खोल्छ त्यति छिटो नै उहाँहरुलाई देशका जनताले राष्ट्रिय नेता भन्ने छन्”, उच्च राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका उनले भने, ‘‘सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनकारी पक्षबीच आइतबार साँझ भएको वार्ता सकारात्मक र उपलब्धिमूलक भएको छ । अब छिटै मुलुकले निकास पाउँछ ।’’

एकीकृत नेकपा (माओवादी)ले आन्दोलनकारी र सत्ता पक्षबीच पुलको काम गरिरहेको बताउँदै उनले एमाओवादी सरकारमा गएदेखि नै मधेसी, थारूलगायतको समस्या समाधान गर्न निरन्तर पहल र प्रयासरत रहेकोे जिकिर गरे ।

प्रचण्डले संसद्मा दर्ता भएका दुई विधेयक पनि आफूहरुकै कोशिसमा अघि बढेको उनले दाबीसमेत गरे ।

एक प्रश्नको जवाफमा उनले आफ्नो पार्टीले सरकार छाड्ने कुरा बिल्कुलै गलत रहेको बताउँदै बाबुराम भट्टराईलगायत नेताहरु पार्टी छाडेर गए पनि वास्तविक माओवादी पार्टीमै रहेका रहेको दावी गरे ।

For More videos Log on to Mazzako TV