काठमाडौं। प्रमुख तीन दल र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुवीचको बार्तामा ठोस सहमति हुन नसकेपनि तीन दलले मोर्चाको माग संबोधन गर्न कार्यदल गठन गरेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साँझ चलेको ठुला तीन दल र मधेशी मोर्चाबीचको बार्तामा तीन दलले चारै पक्षबाट एक एक जना रहने गरी कार्यदल गठनको प्रस्ताव राखेका थिए ।

तर, मोर्चाले कार्यदलमा सहभागि हुन अस्विकार गर्दै प्रतिनिधिको नाम नदिए पनि तीन दलले रक्षामन्त्री भीम रावल, काग्रेस नेता महेश आर्चाय र एमाओवादीका कृष्णबहादुर महरालाई कार्यदलमा राखेको छन् । कार्यदलले भोलीबाटै संसदमा रहेको संविधान संसोधन प्रस्तावमा मधेसी मोर्चालाई समेत सहमत गराउने गरी भाषा मिलाउने सँगै अन्य विषयहरुमा समेत छलफल गर्ने छ ।

tLg bn / dw];L df]rf{ a}7s k|wfgdGqL lgjf; afn'jf6f/df cfOtaf/ k|d'v tLg bn g]skf -Pdfn]_, k|d'v k|ltkIfL bn g]kfnL sfªu|];, Pdfcf]jfbLsf zLif{g]tf / cfGbf]ng/t ;+o'Qm nf]stflGqs dw];L df]rf{sf g]tfx?sf] a}7s a:b} . tl:a/ M /f]zg ;fksf]6f,/f;;

बैठकपछि तमलोपा नेता हृदयेश त्रिपाठीले कार्यदल गठन कर्मकाण्डी भएको भन्दै त्यसमा आफूहरुले प्रतिनिधि नदिने स्पष्ट पारे ।

उनले आजको बार्तामा आफूहरुको ११ बुँदे माग र सीमांकनमा तीन दलले ठोस प्रस्ताव नल्याएकोले कार्यदलमा सदस्य नपठाउने भन्दै आन्दोलनमा कुनै फेरबदल नहुने नाकाबन्दी पनि जारी रहने बरु उल्टै पर्सि बैठक बसेर अझै शसक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र कार्यदलले संविधान संसोधनले मुलुकलाई निकास दिने र सहमतिका साथ अघि बढ्ने बातावरण बन्ने भन्दै मोर्चाले कार्यदलमा बसेर यसमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यदल सदस्य एवम रक्षामन्त्री भीम रावलले भोलीबाटै सहमतिकोलागि छलफल गर्ने भन्दै मधेसी मोर्चाले संविधान संसोधनमा आफ्नो असहमति दर्ता गराए आफूहरुले समावेश गरेर अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।

बार्तामा मोर्चाका तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुर बाहेकका शिर्ष नेताहरु सहभागि भएनन् । उपेन्द्र यादवको ठाँउमा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ बैठकमा सहभागि थिए भने तमसपाका अध्यक्ष महेन्द्र राय यादवको ठाँउमा बरिष्ठ नेता रामनरेश राय यादव र तमलोपाकै हृदयेश त्रिपाठी सहभागि दिए ।

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी भने गएको छैन । विराटनगर घटनाबारे सरकारले माफी नमागेसम्म वार्तामा नजाने उसले यसअघि नै घोषणा गरिसकेका छन ।

For More videos Log on to Mazzako TV