मज्जाको अनलाईन, पुष १९ गते, २०७२, पोखरा ।

‘नेपाल पहिलेको नेपाल रहेन तर राजेश उही राजेश हो’ पोखरामा पुगेर सञ्चारकर्मीहरु माझ राजेशले यति भनिरहदाँ निकै गडगडाहट ताली बज्यो । महानायक राजेश हमाल सहित चलचित्रको प्रोमोसनमा निक्लिएको ‘बागमती’ युनिटले आईतबार पोखरामा पत्रकार भेटघाटको कार्यक्रम राखेर चलचित्रका बारेमा विविध कुराहरु जानकारी गरायो ।

12467712_947431822014856_1000052264_n

यही पौष २४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘बाग्मती’को पत्रकार सम्मेलनमा हमालले चलचित्रको बारेमा बताउदै सिनेमाको डाईलग सुनाए । विभिन्न कार्यक्रमहरु आफ्नो डाईलग सुन्न पाउदा खुशी लागेको उनले प्रतिक्रिया दिए साथै फिल्म राम्रो बनेको र दर्शकले मन पराउनेमा आफु आशावादी रहेको बताए । हमालले भने ‘निर्देशकले मलाई एउटा फरक भुमिकामा देखाउन खोज्नुभएको छ, यसलाई दर्शकले मन पराउनेछन्’ ।

1510854_937974456290985_1809286256283831572_n

यस्तै यही चलचित्रबाट डेब्यु गर्दै गरेकी नायीका श्रेया कार्कीले पनि काम गर्दा निकै रमाईलो भएको प्रतिक्रिया दिईन । अग्रज कलाकारहरु सँग काम गर्न पाउदा निकै ख’सी लागेको उनको भनाई थियो। कार्यक्रममा बोल्दै फिल्मका निर्माता दिनेश दर्शनधारीले ‘बागमती’ले नेपाली फिल्म उद्योगमा चलिरहेको ट्रेण्डलाई बदल्ने बताए । उनका अनुसार चलचित्र ‘बागमती’मा कुनै कम्प्रमाईज गरिएको छैन रे ।

सन्नी केरला निर्देशित यस सिनेमामा राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, रविकर घिमिरे लगायतको मुख्य भुमिका रहेको छ । सिनेमालाई दिनेश दर्शनधारी र विजय सत्यालले मिलेर बनाएका हुन् ।

For More videos Log on to Mazzako TV