बिराटनगर । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाको मागको आशय अनुसार संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न सकिने बताएका छन् ।

प्रचण्डले मोर्चा सहमतिमा आउन सकरात्मक भए मोर्चाकै मागको आशय अुनसार संशोधन प्रस्ताव परिमार्जन हुनसक्ने बताए ।

Prachanda.jpg1बिराटनगर बिमानस्थलमा आइतवार सञ्चारकर्मीसंग अध्यक्ष उनले भने ‘सकेसम्म मधेसी दलसंग समझदारी बनाउने हो । यदी सहमती हुन सकेन भने उहाँहरुको आसय अनुसार प्रस्तावमा परिमार्जन गरी पारित हुन्छ । त्यसका लागि आजैबाट प्रक्रिया अघि बढ्छ ।’

प्रमुख दल र मधेसी मोर्चाका नेताबीच भएका छलफलका क्रममासबै पक्ष वार्तालाई टुङ्गोमा पुर्‍याउन सकरात्मक भएको भन्दै उनले आजै सहमति हुने सम्भावना प्रबल रहेको बताए । संशोधन प्रस्ताव पारित भए नाकाको अवरोध खुल्ने विश्वास उनको थियो ।

For More videos Log on to Mazzako TV