मज्जाको अनलाईन, पुष १९ गते, आईतबार, २०७२, काठमाण्डौं ।

नायक सविन श्रेष्ठ, अनु शाह र सारिका केसी मुख्य भुमिकामा रहेको चलचित्र ‘लक्ष्य’को फष्ट लुक तथा ट्रेलर सार्बजनिक गरिएको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको प्रचार सामाग्री देखाईएको हो । मिलन आले मगरको निर्देशनमा बनेको एक्सन फिल्म ‘लक्ष्य’मा करिब २५ बर्षपछि सुनिल थापा र अर्जुनजंग शाही एकसाथ काम गरेका छन् । उनीहरुले सँगै ‘चिनो’ चलचित्रमा काम गरेका थिए ।

IMG_0254

चैत्र ५ मा रिलिज हुने भनिएको यस सिनेमामा काम गर्दा आफुलाई निकै रमाईलो लागेको चलचित्रका नायक सविन श्रेष्ठले जानकारी गराए ।

IMG_0249

यता चलचित्रकी नायिका सारिका केसीले पनि चलचित्रबाट आफुले राम्रो प्रतिक्रिया पाउने आशा राखेको पत्रकारहरु माझ जानकारी गराईन् ।

IMG_0253

चलचित्र ‘लक्ष्य’लाई ओमलाल गुरुङ र किरण गुरुङले निर्माण गरेका हुन् । चलचित्रमा सुशिल पंगेनीको पटकथा अर्जुन पोखरेल र टंक बुढाथोकीको संगीत,डा.कृष्णहरि बराल र सुशील पंगेनीको शब्द ,रामजी लामिछानेको कोरियोग्राफी र सुमन तण्डुकारको छायांकन रहेको छ ।

IMG_0250

For More videos Log on to Mazzako TV