काठमाडौं । केही दिनदेखि रोकिएको सरकार, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीचको वार्ता आज हुने भएको छ ।

Govt- Madeshi Morcaha meeting

File Photo

आइतवार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादीबीच वार्ता हुने र ६ बजे मधेसी मोर्चासहित तीन दलको वार्ता हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

जोगवनी झडपमा घाइते भएका सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएपछि आजको वार्ता नहुने अनुमान गरिएको थियो । आजको वार्तामा ४ बुँदे रोडम्याप र ११ बुँदे माग पत्रमाथि छलफल हुने बताइएको छ ।

For More videos Log on to Mazzako TV