काठमाडौं । सरकारले भूकम्प प्रभावितलाई जाडोमा न्यानो कपडा किन्न दिइने १० हजार १० दिनभित्र वितरण नगरिए सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

सो रकम वितरण ढिलाइ भएको गुनासो बढिरहेका बेला मन्त्रिपरिषद्को शुक्रवार बैठकले गृह र स्थानीय विकास मन्त्रालयलाई १० दिनभित्र वितरणको कार्य पूरा गर्न कडा निर्देशन दिएको हो ।

गृह मन्त्रालयमा आज भएको केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकले पनि सरकारले भूकम्पपीडितलाई जाडोमा न्यानो लुगा किन्न वितरण गर्ने भनी घोषणा गरेको १० हजार राहत अबको १० दिनभित्र वितरण गरिसक्ने भएको छ । सो समयभित्र रकम वितरण गरिसक्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रामेश्वर दङ्गालले बताए ।

Pmo-Officeरकम वितरणलाई तीव्रता दिन समितिले जिल्लामा सो कार्यका लागि प्रअिज र स्थानीय विकास अधिकारीलाई निर्णय गरेर जुनसुकै सरकारी कार्यालयका जनशक्ति र स्रोतसाधन परिचालन गर्न सक्ने अधिकार दिएको छ ।

पौने तीन लाखले पाए
सरकारले शुक्रबारसम्म भूकम्प प्रभावित २३ जिल्लाका दुई लाख ७० परिवारलाई रकम वितरण गरिसकेका छ । सरकारले हालसम्म भूकम्प प्रभावित जिल्लामा राहत र उद्धारका लागि हालसम्म रु छ अर्ब निकासा गरिसकेको छ । राहतका लागि बाँकी अपुग रकम रु डेढ अर्ब रकम अर्थ मन्त्रालयले तत्काल निकासा गर्ने भएको विपद् व्यवस्थापन महाशाखाका प्रमुख दङ्गालले जानकारी दिए ।

समितिले केही दिनअघि भूकम्प प्रभावित जिल्लामा पठाएको करिब २५ हजार थान कम्बल प्रभावित क्षेत्रका विपन्न, गरिब, दलित, वृद्धवृद्धा, सुत्केरी र बिरामीलाई प्राथमिकतामा राखी वितरण गर्न निर्देशन दिएको छ ।

बैठकले प्रभावित जिल्लामा मौज्दात रहेका कुनै पनि राहत तथा खाद्य सामग्रीलाई प्राथमिकता र आवश्यकताका आधारमा तत्काल वितरण गर्न जिल्ला दैवीप्रकोप उद्धार समितिलाई निर्देशन दिएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले प्रभावित जिल्लामा स्वास्थ्योपचारका लागि पठाएको चिकित्सक टोली नपुग भएमा केन्द्रमा जानकारी गराउन पनि समितिले निर्देशन दिएको छ ।

For More videos Log on to Mazzako TV