काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आशन्न १३औँ महाधिवेशनमा सभापति पदमा पुनःचुनाव लड्ने सङ्केत गरेका छन् ।

४०औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बिहिवार स्याङ्जा सदरमुकाममा पुगेका सभापति कोइरालाले भने– “म शारीरिक रुपमा कमजोर छैन । जिब्रोको क्यान्सर पनि अहिले ठीक भएको छ । म पूर्ण स्वस्थ्य छु ।” प्रधानमन्त्री र पार्टी सभापति एकै समयमा हुनुपरेकाले सोचेजस्तो पार्टीको काम र सङ्गठन गर्न नसकेको स्वीकार गर्दे उनले भने– “अब पार्टी सङ्गठित रुपमा एक ढिक्का बनाएर लैजानेछु ।”

Sushil Koiralaसाठी/४० को भागबन्डाका कारण एउटै पार्टी दुई धारमा विभाजित हुँदा देशभरका लाखौं कार्यकर्तामा नकारात्मक सन्देश गएकाले १३औँ महाधिवेशनले सबैलाई सङ्गठित गर्ने एकताको महाधिवेशन हुने उहाँको धारणा थियो ।

नयाँ संविधानको संस्थागत विकास र सफल कार्यान्वयन गर्ने चुनौती पनि काँग्रेसको काँधमा आएको कोइरालाको धारणा थियो ।

त्यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोेइरालाले पनि पार्टीलाई जीवन्त र ऊर्जाशील बनाउनका लागि युवा तथा महिलाको प्रतिनिधित्व गर्दै आफूले आगामी अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएकी छिन् ।

काँग्रेस र नेपाल प्रेस युनियन बर्दियाले बिहिवार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री कोइरालाले भनिन्–“पार्टीभित्र रहेको भागबन्डालाई समाप्त पारी युवा लक्षित कार्यक्रम मार्फत मधेस–तराई लगायत समग्र मुलुकको विकासका लागि मै सभापतिमा उम्मेदवारी दिने तयारीमा लागिपरेको छु । ”

उनले आफू सभापति भएमा मुलुकको आर्थिक समृद्धिका लागि वैदशिक लगानी पर्याप्त मात्रामा भित्र्याउने जानकारी दिइन् ।

For More videos Log on to Mazzako TV