काठमाडौं । प्रधानमन्त्री दुई दिने कार्यक्रमका लागि अहिले गृहजिल्ला झापामा छन् । झापाको धरमपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहँदा प्रधानमन्त्री केपी ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन गरे ।

बिहान साढे १० बजे भएको टेलिफोन संवाद करिव २० मिनेट चलेको थियो । मोदीले सुरुमै प्रधानमन्त्री ओलीलाई नयाँ वर्ष २०१६ को शुभकामना दिए । त्यसपछि प्रधानमन्त्री ओलीले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई धन्यवाद दिए ।

KP - Modi Phone callsवार्तामा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै रक्सौल–बीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरे।

जवाफमा मोदीले आफु सदैव आपूर्ति व्यवस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताए । मोदीले रक्सौल बीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले सो नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको पुरानै रटान दोहोर्‍याए ।

भारत भ्रमणको निम्तो
प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीले भारत भ्रमणको निम्तो दिए । मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेको उनी निकट स्रोतले जनाएको छ । तर, पारवहन सहज भएपछि मात्रै नयाँ दिल्ली जाने ओलीले स्पष्ट पारेका थिए ।

ओलीको चीन भ्रमणका लागि तयारी भइरहदा नयाँ दिल्लीबाट निम्तो आएको हो । बालुवाटार निकट स्रोतका अनुसार भारतीय राजदूत रञ्जीत रेले पनि प्रधानमन्त्रीको सरकारी निवासमै गएर भारत भ्रमणको कार्यक्रमबारे छलफल गरेका थिए । ओलीको चीन भ्रमणको प्रबन्ध मिलाएर दुई दिनअघिमात्रै उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र कानुन मन्त्री अग्नि खरेल बेइजिङबाट फर्किएका थिए ।

मोदीले तीन महिनायता ओलीसंग प्रत्यक्ष संवाद गरेको यो तेश्रो पटक हो । यसअघि प्रधानमन्त्री निर्वाचित भएकै दिन र नेपाल प्रहरीको गोलीबाट वीरगन्जमा भारतीय युवकको मृत्यु भएपछि फोन गरेका थिए ।

For More videos Log on to Mazzako TV