पाँचथर। तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङ्लेका ७३ वर्षीय काजीमान लिम्बूले आज आफ्नै घरमा आगो लगाएका छन् ।

श्रीमती ६२ वर्षीया सोममायासँग भएको सामान्य घरायसी विवादलाई लिएर काजीमानले आफ्नै दुई वटा घर र ग्वालीमा आगो लगाउँदा अन्दाजी रु १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रमुख मोहन खतिवडाले जानकारी दिए ।

Map of Panchtharकेही समययता नियमित रुपमा घरायसी झगडा हुने गरेको र आज बिहान पनि सदाझैँ सामान्य विवादपछि घर बाहिर निस्किएका उनले सलाई कोरेर घर र ग्वालीमा आगो लगाएको प्रहरीले जनाएको छ ।

आगलागीबाट लिम्बूको दुईवटा घरमा रहेको लत्ताकपडा, काठ सामान र अन्नपातसमेत जलेर नष्ट भएको छ । घटनापछि काजीमानलाई इलाका प्रहरी कार्यालय वसन्तपुरले पक्राउ गरी अनुसन्धान थालेको छ ।

For More videos Log on to Mazzako TV