• एजेन्सी

काठमाडौं । पत्रकारका लागि सन् २०१५ असुरक्षित सावित भएको छ । संसारभर यस बर्ष १ सय १० जना पत्रकार मारिएको ‘रिपोटर्स विथआउट बोर्डर’ले जनाएको छ । यीमध्ये ६७ जना रिपोर्टिङमा वा समाचार लेखेका कारण मारिएको बोर्डर्सको वर्ष समीक्षामा जनाइएको छ ।

गत वर्ष सबैभन्दा धेरै ११ जना पत्रकार इराकमा मारिएका छन् भने सिरियामा १०, भारतमा ९, फ्रान्स, यमन र मेक्सिकोमा ८–८ जना मारिएका छन् । दक्षिणी सुडान, होन्डुरस र फिलिपिन्समा ७ जना पत्रकार मारिएको रिपोटर्स विथआउट बोडर्सको रिपोर्टमा उल्लेख छ ।

Journalistपत्रकारका लागि सबभन्दा सुरक्षित देश फिनल्यान्ड मानिएको छ भने नर्वे, डेनमार्क, नेदरल्यान्डस्, स्विडेन लगायतका २१ देशलाई बोडैरले राम्रोको सूचिमा राखेको छ । सो सुचीमा नेपाल १ सय ५ औं सुरक्षित स्थानमा छ ।

दक्षिण एसियामा पाकिस्तान सवैभन्दा बढी असुरक्षित देशको सूचिमा दर्ज भएको छ । सुचीमा पाकिस्तान १ सय ५९ औं नम्बरमा छ भने बंगलादेश १ सय ५६ औं स्थानमा छ । तालिवानी हमला झेलिरहेको अफगानिस्तानभन्दा भारत पत्रकारका लागि बढी असुरक्षित देखिएको छ । सुचीमा भारत १ सय ३६ औं नम्बरमा छ भने अफगानिस्तान १ सय २२ औं स्थानमा छ ।

धेरै पत्रकार मारिनेमा भारत, इराक र सिरियापछि परेकाले रिपोटर्स विथआउट बोर्डरले भारतलाई पाकिस्तान र अफगानिस्तानभन्दा बढी खतरापूर्ण देश भनेको छ । भारतका ९ मध्ये ५ पत्रकार समाचारका कारण मारिएका र अन्य ४ को कारण नखुलेको प्रतिवेदनमा जनाइएको छ ।

For More videos Log on to Mazzako TV