तनहुँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले सरकार विस्तार अहिलेको आवश्यकता र बाध्यता दुवै भएको बताएका छन्।

स्याङ्जाको कार्यक्रम सकेर राजधानी फर्कने क्रममा सोमबार राति दमौलीमा नेकपा (एमाले) तनहुँले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “सबै दललाई एक ठाउँमा उभ्याउनु आजको आवश्यकता र बाध्यता हो, त्यसले गर्दा सरकारको आकार केही ठूलो हुन गएको छ ।”

Sherdhan-Raiसंविधान जारी गर्दा साना दलको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले काँग्रेस र मधेसी मोर्चालाई समेत सरकारमा आउन आग्रह गरे ।

संविधान जारी गर्नुभन्दा त्यसको कार्यान्वयन महत्पपुर्ण पक्ष रहेकाले संविधान विरोधी कार्य हुन नदिन र संविधानको सफल कार्यान्वयनका लागि संसद्मा एक/दुई सिट रहेको दललाई समेत मन्त्रिमण्डलमा सहभागी गराइएको उनले स्पष्ट पारे ।

सञ्चारमन्त्री राईले तत्कालै परिवर्तनको अनुभूति जनतालाई दिलाउनु, शान्ति, सुशासन कायम गर्नु अहिलेको अभिभारा रहेको उल्लेख गरे ।

भूकम्पपीडितको अवस्था ज्यादै नाजुक रहेको र त्यसप्रति सरकार संवेदनशील रहेको बताउर्दै मन्त्री राईले भूकम्पपीडितलाई घर बनाउन रु दुई लाख अनुदान दिने प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिए ।

For More videos Log on to Mazzako TV