काठमाडौं । नेपालको एक चर्चित नदि बागमतीमा आधारित रहेर निर्मान गरिएको चलचित्र ‘बागमती’को प्रदर्शन नहुँदै चलचित्र निर्मान युनिटले ‘बागमती -२’ निर्माण गर्ने घोषणा गरिएको छ ।

बागमती यहि पुष २४ गते बाट प्रदर्शनमा आउदै छ । चलचित्रलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिने छ ।

Bagmati-2चलचिमा राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, श्रेया कार्की,रविकर प्रसाद घिमिरे,बालकलाकार कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ ।

चलचित्र मुख्य निर्माता दिनेश दर्शनधारीले ‘बागमती- २’ को निर्माणको लागि सबै काम सकिएको भन्दै अहिले चेन्नईमा चलचित्रको संगीतको काम भै रहेको बताए ।

चलचित्र ‘बागमती -२’ मा दुई जना निर्देशक हुने र जसमा भारत बाट निर्देशक सन्नी केरला र दक्षिण भारतीय प्राविधिकको नै प्रयोग गर्ने र नेपाल बाट पनि चलचित्रमा एक जना निर्देशक रहेने जानकारी दिए ।

बागमतीुका नायक राजेश हमाल र शिब श्रेष्ठ नै बागमती -२’ मा पनि मुख्य भूमिकामा देखिदै छन्।

‘बागमती’को व्यपार जस्तो सुकै भए पनि हामीले चलचित्र ‘बागमती- २’ निर्माण गर्ने तयारी गरिएको र चलचित्रको फागुन महिना बाट सुटिंग सुरु गरिने चलचित्रका निर्माता बिजय सत्यालले जानकारी दिए ।

For More videos Log on to Mazzako TV