काठमाडौं। सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई सबै पक्षको सहमतिमा अगाडि बढाउनुपर्नेमा जोड दिएकी थिइन् ।

रिपोर्टर्स क्लबले आइतवार संसद् भवन नयाँ बानेश्वरमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सकेसम्म आफूले तराई मधेसमा आन्दोलनरत दलको सहमतिमा नै संशोधन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको भए पनि सहमति हुन नसकेको खण्डमा सैद्धान्तिक छलफल अगाडि बढ्ने बताइन् ।

उनले लामो समयसम्म मुलुकलाई अन्योलताको भुँमरीमा राख्न नहुने उल्लेख गर्दै उनले संविधान संशोधन प्रक्रिया अगाडि बढ्दा आन्दोलनरत दलको केही माग सम्बोधन हुने स्पष्ट पारे ।

Onsari-Gharti-Magarदलहरुबीच सहमति होस् भनेर नै आफूले सदनमा सो विषयमा छलफल पर सारेको जानकारी दिँदै सभामुख घर्तीले तत्काल सहमति जुटाउन प्रमुख राजनीतिक दललाई आग्रह गरिन् । प्रमुख दलबीच तराई मधेसका विषयमा छलफल जारी रहेपनि सहमति हुन नसक्दा मुलुक अन्योलमा फसेको भन्दै उहाँले सघन छलफल गरेर सहमति जुटाउन र निकास दिन आग्रह गरिन् ।

केही सांसद्ले नाराबाजी गरिरहँदा पनि सदन चलाउनु आफ्नो बाध्यता भएको उल्लेख गर्दै उनले विवादित विषयमा सहमति भएको भए आफूलाई पनि सहज हुने धारणा राखिन् । आफूले नियमकानुन, विधि र परम्पराका आधारमा सदनलाई अगाडि बढाएको स्पष्ट पार्दै सभामुख घर्तीले एकपक्षीय भएको भन्ने आरोपमा सत्यता नभएको बताइन् ।

एक प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको पत्र वाचन गरेको उनको स्पष्टोक्ति थियो ।

राज्यमन्त्रीमा नियुक्त नै नभएको व्यक्तिको नाम सदनमा वाचन भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा सभामुख घर्तीले भनिन्, “सरकारले उपलब्ध गराएको सूचीअनुसार नै आफूले सदनलाई जानकारी गराएको हो, थप बुझ्नुपरे सरकारसँग नै सोध्नुहोला ।”

For More videos Log on to Mazzako TV