मज्जाको अनलाईन, पुष १२ गते आईतबार, २०७२, काठमाण्डौं ।

3

नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित पदाधिकारीहरुलाई टेलिभिजन कलाकर्मी मञ्च (टाफोन)ले स्वागत गरेको छ । आईतबार राजधानी एक कार्यक्रमको आयोजना गरि फुल माला र खादा ओडाएर नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सँगै कार्यकाल सफल्ताको शुभकामना पनि ब्यक्त गरियो । ‘टाफोन’की अध्यक्ष दिपाश्री निरौलाको सभापतित्वमा भएको कार्यक्रममा सानो पर्दा र ठुलो पर्दाका कलाकारसबैले मिलेर काम गर्नु पर्ने बक्ताहरुले धारणा राखे ।

4

कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले सानो पर्दाका कलाकारहरुलाई आफुले झन बढी सम्मानका साथ हेर्ने गरेको बताए । ठुला पर्दाका कलाकारहरुले सानो पर्दाका कलाकारहरुलाई कलाकार नै नमान्ने प्रथाको अन्त्य गर्दै सबैलाई मिलाएर लैजान आफुले भुमिका खेल्ने उनको भनाई रहेको थियो । ‘म पनि सानो पर्दा बाटै आएको कलाकार भएकाले पनि सानो पर्दालाई म निकै सम्मानका साथ हेर्छु’, बोगटीले भने , ‘आखिर सानो पर्दा भएपनि ठुलो पर्दा भएपनि गर्नुपर्ने काम उही नै हो, मेहनत उस्तै हो, त्यसैले हामी सबै एकै हौं भनेर अघि बढ्नु पर्छ ।’

5

कार्यक्रममा टाफोन अध्यक्ष दिपाश्रीले कलाकार संघ सदैव टाफोनका लागि सहयोगी हुनेमा विश्वस्त रहेको धारणा राखिन् ।

9

11

10

15

17

For More videos Log on to Mazzako TV