काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर रायले आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै भेटवार्ता भेटघाट गरेका छन् । उनीहरुबीच समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीाई प्रचण्डले उच्चस्तरीय राजनीतिक समितिका संंयोजकका हैसियतले विभिन्न राजनीतिक दलसँग भएका छलफल, मधेस केन्द्रित दलले उठाएका मागका सम्बन्धमा नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएका वार्ताबारे जानकारी गराएका थिए ।

KP OLiयसैगरी, प्रधानमन्त्री र फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रायबीच मधेस केन्द्रित आन्दोलन र समस्या समाधानका सम्बन्धमा छलफल भयो ।

वरिष्ठ उपाध्यक्ष रायले तराई मधेसका अहिलेका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीले समस्या समाधानका लागि आफु गम्भीरतापूर्वक लागिपरेको बताएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।

For More videos Log on to Mazzako TV