काठमाडौं । भ्यालेन्टाईनमा रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेम गीत’को नयाँ गीत रिलिज भएको छ ।

‘जब पुग्छु रिभर साईड’ बोलको गीतमा अभिनेत्री पुजा शर्माले दर्जनौं कोरससँग नृत्य गरेकी छिन् । स्विमिङ पुलमा खिचिएका भिडियोमा समावेश दृश्यहरु मनमोहक छन् ।

Puzana Sharmaरेनशा राईले कोरियोग्राफी गरेको उक्त गीतका शब्द पनि उस्तै मनमा बसिहाल्ने छन् । डान्सिङ गीत दर्शकले मन पराउने अपेक्षा निर्माण युनिटले राखेको छ ।

गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ भने स्वर सुवानी मोक्तानको छ । चर्चित संगीतकार पोखरेलको यो गीतको संगीत पनि तारिफयोग्य छ ।

संयज लामाले खिचेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । ‘प्रेम गीत’मा पुजासँगै प्रदिप खड्का मुख्य भूमिकामा छन् ।

फिल्म माघ २९ मा रिलिज हुँदैछ ।

हेर्नुहोस भिडियो :

For More videos Log on to Mazzako TV