काठमाडौं । नेपाल र चीनबीच पेट्रोल र ग्यासको दीर्घकालीन व्यापार गर्नेसहितका ८ बुँदे सहमति भएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र नेपाल र चीनका विदेशमन्त्री वाङ यीबीच बेइजिङमा शुक्रबार वार्ता भएको छ । उक्त भेटमा आठबुँदे सहमति भएको हो ।

सहमतिसँगै नेपालले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्नका लागि गर्ने भनिएको सम्झौताको तयारी अघि बढेको छ । परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणका क्रममा आज भएको सहमतिमा दुई देशका व्यवसायीहरुबीच पेट्रोल तथा ग्यासको दीर्घकालीन व्यापारलाई प्रोत्साहन गरिने उल्लेख छ । यसबाट नेपाल आयल निगम तथा वाणिज्य मन्त्रालयलाई सम्झौता गर्न बाटो खुलाएको छ ।

Nepal-and-Chinaनेपाली वार्ताटोलीका एक सहभागीले बताए अनुसार पेट्रोलियम सम्झौता गर्नका लागि नै नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराई र वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव नवराज ढकाल आज अपरान्ह बेइजिङ पुगेका छन् । भूकम्पपछि नेपाल भ्रमण गर्न बन्देज लगाइएका चिनियाँ पर्यटकलाई चीन सरकारले फुक्का गरेको छ ।

त्यसैगरी बोआवो फोरममा चिनियाँ राष्ट्राध्यक्ष सी जिन पिङले अरनिको राजमार्गको पुनर्निर्माण तथा विस्तार गर्नका लागि घोषणा गरेको सहयोगमा पनि दुई पक्षीय सहमति भएको छ ।

चीनले नेपाली उत्पादनलाई प्राथमिकता दिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । नेपाललाई अन्तरदेशीय व्यापारमा अरु सुविधा दिन पनि चीन तयार भएको छ ।

शुक्रबार भएको सहमतिमा वर्तमान नाकालाई पुनप्रयोग गर्ने बिषयमा नेपालले राख्दै आएको तातोपानी नाकालाई सुचारु गर्ने कुरामा चीनले सहमति जनाएको छ । चीनले केरुङ नाकालाई प्राथमिकतामा राखे पनि नेपालको बारम्बारको आग्रहपछि तातोपानी नाकालाई पनि सुचारु राख्ने सहमति जनाएको हो ।

प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो
चीनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको निम्तो दिएको छ । आगमी वर्ष अनुकूल समयमा चीन भ्रमण गर्न स्वागत गरेको र चिनियाँ नेताले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेको सम्झौतामा उल्लेख छ ।

For More videos Log on to Mazzako TV