काठमाडौं । एकीकृत नेकपा माओवादी स्थायी समितिका सदस्य गोपाल किरातीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मुलुककोलागि भार बनेको भन्दै एक सय दिन पुगे पछि सरकार ढाल्ने चेतावनी दिएका छन ।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ एक सय दिन पुगेपछि यो सरकार ढल्छ, नढले पनि ढाल्नु पर्छ । यो मुलुकको लागि बोझ भईसकेको छ । ’ किरातीले केन्द्रीय समितिको बैठकमै आफूले सरकारबाट फिर्ता हुनु पर्ने प्रस्ताव राखेको जानकारी दिदै त्यतीबेला नै अध्यक्ष प्रचण्डले कम्तिमा एक सय दिन पर्खिनुस भनेर भनेको स्मरण गरे ।

Gopal Kiratiउनले मन्त्रीमण्डल विस्तार र मन्त्रालयको विभाजनको भत्र्सना गर्दै कालाबजारी, महंगी, अभाव बढीरहेको, थारुवान र मधेस जलिरहेको बेला सरकार विस्तार गर्नु राष्ट्रिय बेईज्जती भएको तर्क गरे । उनले भने,‘ म यसको विरोध गर्छु, सबैले यसको विरोध गर्नुपर्छ ।

प्रधानमन्त्री पदलाई बढी बोल्नेलाई खसी पार्ने ठाँउ भएको उल्लेख गर्दै भने,‘ प्रधानमन्त्री केपी शर्मा ओली पनि पहिला आकासको तारो झार्छु भन्थे तर सकेनन ।’ किरातीले भने । मधेसीले राखेको बहु राष्ट्रिय राज्यको मागप्रति समर्थन जनाउँदै किरातीले त्यो नगरे मधेस विभाजन हुने चेतावनी दिए ।

नेकपा एमालेका नेता बंशीधर मिश्रले संविधानको धारा २९८ को उपधारा ५ को सक्रमणकालिन ब्यवस्था अन्र्तगत सरकार विस्तार भएकोले असम्बैधानिक भन्न नमिल्ने दावी गर्दै आवश्यकताको सिद्धान्त र संसद संख्याको बढीमा १० प्रतिसत सम्म मन्त्री परिषद हुन सक्ने मान्यता अनुसार भएकोले यसलाई ठूलो सख्या भनेर आलोचना गर्नु आवश्यक नरहेको तर्क गरे ।

उनले भने,‘सरकार विस्तार प्रधानमन्त्रीको अधिकारको कुरा हो । त्यसकारण अहिले एमाले यसको विरोध गर्ने पक्षमा छैन । कसलाई मन्त्री बनाउने भन्ने कुरा उहाँको स्वविवेकको कुरा होईन । यो नियम कानून र संविधान सम्मत छ । त्यस्तै मन्त्रालय टुक्राउने कुरा समसामयिक विषय हो । नाजायज भन्न मिल्दैन । सके थोरै बनाउने हो । अहिले त्यो आर्दश अवस्था छैन । सरकारले मुलुकलाई आत्मनिर्भर अर्थतन्त्र तिर लैजाने र ब्यापार विविधीकरण गर्ने काम गरेको छ ।यो सरकारको सकारात्मक काम हो ।’

उनले राजनीतिक स्थीरताको लागि सबैलाई समेट्नु पर्ने अहिलेको आवश्यकता भएकोले यसलाई पहाडै खस्यो जस्तो गर्न नहुने तर्क समेत गरे ।
डा. मिश्रले सीमांकन अहिले मिल्न नसक्ने विषय भएकोले अहिले स्थगित गरेर पुर्नविचार गनुपर्ने भन्दै त्यसपछि नयाँ ढंगले पुरै सीमांकन गर्नु पर्ने बताए ।
उनले मधेसमा भ्रम छरिएकोले संविधान संसोधन विद्येयक पारित भएपछि मधेस अभियान चलाउने जानकारी दिदै दुई राष्ट्रियताको कुरा मुलुक विभाजनको कुरा भएको बताए ।

नेपाली काग्रेसका सभासद नविन्द्रराज जोसीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै गलत चिन्तनबाट निर्माण भएकोले यसले जनतासँग सरोकार नराखेको भन्दै आईतवार संसद बैठकमा भुकम्प पीडितको राहत र पुर्ननिर्माणको विषयमा काग्रेसले आवाज उठाउने बताए ।

कालोबजारीको नेतृत्व सरकारले गरिरहेको आरोप लगाउँदै सरकारलाई भर्ति केन्द्र बनाएर जनताप्रति संबेदनहिन बनेको दावी गरे । उनले भने,‘ उखान टुक्का हानेर जिम्मेवारी पुरा हुँदैन । सरकार भुकम्प पीडितप्रति संबेदनहिन छ । किन प्राधिकरणको सीईओ नियूक्ती नगरेको, पीडितलाई कम्बल बाड्न केले रोकेको छ ?’

 

For More videos Log on to Mazzako TV