काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान्पर्व क्रिसमसका अवसरमा शुभकामना दिएकी छिन् । राष्ट्रपति भण्डारीले क्रिसमस पर्वको उपलक्ष्यमा  शुभकामना व्यक्त गरेकी हुन्।

उनले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक एवम् पारिवारिक जमघट गराउने, मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर जुटाइ सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न योगदान पुर्याउने उल्लेख गरेकी छिन ।

Bidhya and KPत्यस्तै राष्ट्रपति भण्डारीले किराँत जातिको महान्पर्व उधौलीको उपलक्ष्यमा शुभकामना व्यक्त गरेकी छिन् । उनले किराँत जातिको यस महान्पर्व मनाउन जसरी एकताबद्ध भएर लाग्छौँ त्यसरी नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गरी समृद्ध राष्ट्रनिर्माणमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री ओलीद्वारा ज्यापू दिवसको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापू संस्कृतिको महत्वपूर्ण मौलिक चलनअनुसार मनाइने राष्ट्रिय ज्यापू दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

नेपाली संस्कृतिको प्रतिनिधिका रुपमा नेवारी संस्कृतिलाई पनि मान्ने गरिएको र नेवारी संस्कृति मूलरुपमा ज्यापू संस्कृति रहेको प्रधानमन्त्रीले सन्देश दिदै सो अवसरमा सम्पूूर्ण नेवार समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

उनले संस्कृति, चाडबाड र परम्पराको हामीले नै संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय ज्यापू दिवस र यस अवसरमा हुने विविध गतिविधिबाट संस्कृतिको संरक्षण र विकास हुने विश्वास लिएका छन् ।

For More videos Log on to Mazzako TV