लिवाङ । विगतमा सामाजिक, शैक्षिकरुपमा  पछाडि रहेको मानिने रोल्पा  खुल्ला दिशामुक्त तथा पूर्णसाक्षर जिल्ला घोषणा भएको छ । रोल्पा २८ औँ खुल्ला दिशामुक्त र २१ औँ पूर्णसाक्षर जिल्ला घोषित भएको हो ।

rolpa programmeमाओवादी शसस्त्र युद्धको केन्द्र समेत रहेको रोल्पालाई बिहिवार सदरमुकाम लिवाङमा आयोजित विशेष समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले खुल्ला दिशामुक्त तथा पूर्णसाक्षर जिल्लालाई घोषणा गरेका हुन् ।

Rolpa Programme1कार्यक्रमलाई सम्बोधन गदै उपराष्ट्रपति पुनले सन् २०१७ सम्म सबै नागरिकको घरमा आधारभूत खानेपानी तथा सरसफाइ सेवा पुर्याउने सरकारको लक्ष्य अझै चुनौतीपूर्ण रहेको उल्लेख गरे । सबै जनताले शिक्षा पाउनुपर्ने उनीहरुको नैसर्गिक अधिकार भएको भन्दै उनले शिक्षा व्यावहारिक र वैज्ञानिक हुनुपर्ने बताए ।

कुल जनसङ्ख्या दुई लाख २४ हजार रहेको रोल्पामा ९७ दशमलव २४ प्रतिशत नागरिक पूर्ण साक्षर भएकाले पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो ।
तस्विर : जीवन डाँगी

For More videos Log on to Mazzako TV