मज्जाको अनलाईन, पुष ९ गते विहिबार, २०७२, काठमाण्डौं ।

निकै प्रतिक्षित मानिएको चलचित्र ‘क्लासिक’को ट्रेलर रिलिज गरिएको छ । आज राजधानीमा एक पत्रकार भेटघाटको कार्यक्रम आयोजना गर्दै चलचित्रको प्रचार सामाग्री देखाईएको हो । पहिलो पटक पत्रकारहरुमाझ देखाईएको ट्रेलरले ‘अन द स्पट’ नै राम्रो तारिफ पायो । निकै मर्मस्पर्शी लाग्ने ट्रेलरमा दृष्टिविहिन बनेका आर्यन र नम्रतालाई मात्रै फिचर गरिएको छ ।

IMG_9798

यसअधि ‘नोभेम्बर रेन’ जस्तो निकै सफल चलचित्र बनाईसकेको यो निर्माण टोली क्लासिकले नेपाली दर्शकको मन छुने कुरामा विश्वस्त देखिन्छ । आर्यन सिग्देल इन्टरटेन्मेन्ट र सुवास इन्टरटेन्मेन्टमा बनेको यो सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

IMG_9802

माघ २९ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको यो सिनेमालाई आर्यन र नम्रता दुबैले निकै महत्वका साथमा हेरेको प्रतिक्रिया दिए । प्रेमी प्रेमीकाको स्वच्छन्द प्रेमको उत्कृष्ट नमुना ‘क्लासिक’ हुने कुरा नायक आर्यनले बताए । यता नायिका नम्रता यो निर्माण टोली आफ्नो परिवार जस्तो भएकाले पनि काम गर्न असाध्यै रमाईलो भएको प्रतिक्रिया दिईन् ।

IMG_9796

‘भ्यालेन्टाईन डे’ बाट रिलिज हुन लागेको यो सिनेमाको सानो भन्दा सानो काममा पनि कन्जुस्याई नभएको निर्माता सुवास गिरीले बताएका छन् । करिब १ करोड बजेट पुग्ने अनुमान गरिएको यो सिनेमा दृष्टिविहिनको कथा बोकेको ‘म्युजिकल लभ स्टोरी’ सिनेमा हो ।

IMG_9788

चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा गायक गायिका युवराज चौलागाई, कोशिष क्षेत्री र मेलिना राईले चलचित्रको गीत गाएर सुनाएका थिए ।

IMG_9793

IMG_9787

Watch Trailer here –

For More videos Log on to Mazzako TV