बनेपा। वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले इमान्दार मधेसी जनताले संविधानको स्वागत गरेको बताएका छन् ।

जिविस काभ्रेपलाञ्चोकले बिहिवार धुलिखेलमा आयोजना गरेको नेपालको संविधानको प्रचारप्रसार कार्यक्रममा उहाँले केही मधेसी मठाधीशका कारण मधेस आन्दोलन नियन्त्रण बाहिर जान थालेको विचार व्यक्त गरे ।

jg tyf e";+/If0f dGqL cUgL ;fksf]6f /kmt ;~rf/ Snan] cfof]hgf u/]sf] sfo{qmddf af]Nb} . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

उनले वार्ताका माध्यमबाट समस्याको समाधान गर्न आग्रह गर्दै वार्ताबाट निष्कर्षमा नपुगे मधेस आन्दोलन मधेसी नेताको हातमा नरहने दावी गरे । “अहिले मधेसमा सरकारी कार्यालय खुलेका छैनन्, अराजकता बढेको छ, कालोबजारी बढेको छ, तस्करको राज छ, मन्त्री सापकोटाले भने, ‘यसले देशलाई हित गर्दैन ।’

कार्यक्रममा सभासद् विदुर सापकोटा, कञ्चनचन्द्र वादे, रामहरि सुवेदी, कमला दोङलगायतले संविधानले समावेशी चरित्रलाई आत्मसात् गरेको उल्लेख गर्दै यसलाई बहुमतले संशोधन गर्ने प्रावधान पनि उत्कृष्ट भएको बताए ।

For More videos Log on to Mazzako TV