काठडमाडौं। नेपालमा नयाँ संविधान पहिलोपटक संसोधन हुनै लाग्दा भारतका राजदूत रणजीत राय कुटनीतिक भेटघाटमा निकै सक्रिय भएका छन् । राजदुत रायले मंगलवार मात्रै सभामुख ओनसरी घर्ती र उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटघाट गरेका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनसँग रायले उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भेटघाट गरेका थिए । भेटमा राजदूत रायले दुई देशबीच रोटी र बेटीको समेत सम्बन्ध रहेको धारणा राख्दै भारत नेपालसँगको सम्बन्ध अझै सुदृढ गर्ने पक्षमा रहेको बताएका थिए । उनले भारतको चाहना नेपालमा शान्ति, समृद्धि र स्थायित्व भएको दोहोर्याएका थिए ।

Ranjit-ray-Indianजवाफमा उपराष्ट्रपति पुनले नेपाल–भारतबीचको सम्बन्ध निकै पुरानो भएको बताउँदै जनस्तरसम्म रहेको सांस्कृतिक सम्बन्धलाई अझै सुदृढ गर्न दुवै मुलुकका लागि आवश्यक भएको बताएका थिए ।

सभामुख घर्तीलाई भेट्न भारतीय राजदुत व्यवस्थापिका–संसद् सचिवालय परिसरस्थित कार्यालयमा गएका थिए । उनीहरुबीच सदनमा पेस भएको संविधान संशोधन विधेयकका बारेमा केन्द्रित छलफल भएको थियो ।

राजदूत रायले संविधान संशोधनको प्रक्रियाका बारेमा चासो राखेकामा सभामुख घर्तीले त्यसको विधि र प्रक्रियाका बारेमा बताएकी थिइन् ।

साभामुख घर्तिले आन्दोलनरत पक्षका मागलाई सम्बोधन गर्ने ढङ्गबाट संविधान संशोधन विधेयक अगाडि बढाइएको उल्लेख गर्दै सरकारले तराई मधेसका दलका चासो र चिन्तालाई सम्बोधन गर्न सोमबार गरेको निर्णय सही भएको भनी भारत सरकारले दिएको प्रतिक्रियाको प्रशंसा गरिन् ।

सो अवसरमा उनीहरुबीच दुवै देशका संसद्स्तरमा सम्बन्ध विस्तार हुनुपर्नेलगायतका दुईपक्षीय हित र चासोका विषयमा समेत कुराकानी भएको सभामुख घर्तीले जानकारी दिइन् ।

संविधान संसोधन गर्न सरकारले तयारी थाल्दै गर्दा राजदुत रायको यो सक्रियतालाई निकै चासोका साथ हेरिएको छ ।

For More videos Log on to Mazzako TV