काठमाडौं । ‘धानै नाचिन्छ’ गीतमार्फत चर्चामा आएका गायक भीम लिम्बू पछिल्लो समय आँशुले भिज्यो सिरानी भन्दै श्रोता/दर्शकमाझ आएका छन् ।

‘मिम्जिमा’ एल्बमको ‘आँशुले भिज्यो सिरानी’ गीतलाई भीमले म्युजिक भिडियोमा ल्याएका हुन् । यसअघि भीमले यसै एल्बमको ‘माया मेरो झुठो रे’ गीतलाई भिडियोमा ल्याएका थिए । ‘मिम्जिमा’ अर्थात ‘मायालु’ भीमको पहिलो एल्बम हो ।

Bhiem Limbuभीमले ‘आँशुले भिज्यो सिरानी’ गीतको भिडियोलाई विभिन्न टेलिभिजन र यु–टयुबमार्फत एकैसाथ रिलिज गरेका हुन् । युगल पोमुले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र गगन शाहीले मोडलिङ गरेका छन् । ५० भन्दा बढी गीतमा स्वर दिइसकेका गायक भीमले भने, ‘मेरो हरेक भिडियो लञ्च गरेपछि लक लाग्ने गरेको छ ।

यसअघि दुई भिडियो सार्वजनिक गर्दा दुई देशमा कार्यक्रमका लागि अवसर पाएको थिएँ । त्यस्तै, यसपटक पनि विदेश कार्यक्रममा मिल्ला भन्ने अपेक्षा गरेको छु ।’ ‘आँशुले भिज्यो सिरानी’ केही वर्षअघि गाएको भए पनि हाल आएर मात्र म्युजिक भिडियो रिलिज गरेको बताए ।

यो उनको पछिल्लो गीत विशेषगरी विदेशमा रहेका नेपालीका लागि समर्पित छ । भीमले पनि यस गीतलाई विदेशमा बस्ने नेपालीले एकपटक सुन्नै पर्ने गीत बताए ।

भिडियो :

For More videos Log on to Mazzako TV