मज्जाको अनलाईन, पुष ७ गते मंगलबार, २०७२, काठमाण्डौं ।

महानायक राजेश हमाल निकै सस्पेन्स भुमिकामा प्रस्तुत हुन लागेको छनक दिईएको छ । चलचित्र ‘शकुन्तला’मा उनी फरक भुमिकामा देखा पर्न लागेको बताईएको छ । महिला प्रधान चलचित्रमा हमाल शिर्ष भुमिकामा देखिन लागेको र चलचित्रमा नायिका अनु शाह पत्रकारको भुमिकामा छु भन्ने प्रतिक्रिया दिएपछि हमाल नै ‘शकुन्तला’ त बन्न लागेका होईनन् भन्ने जिज्ञासा उब्जनु स्वभाविक नै हो । यो बिषयमा हमालले भने, ‘चलचित्रमा जो पनि शकुन्तला हुन सक्छ, महिला पात्र नै पनि हुन सक्छ या अरु पुरुष पात्र जो पनि हुन सक्छ ।’

IMG_9564
कथा र पात्रको भुमिका सार्वजनिक हुने डरले चलचित्र युनिटले सिनेमा फ्लोर ज्वाईन गर्न लागेको बारेमा मात्रै जानकारी गराएको छ । बेजोड एक्सन सहितको सस्पेन्स सिनेमा बनाउन लागेको चलचित्रका निर्देशकले जानकारी गराएका छन् ।

IMG_9585

दिनेश श्रेष्ठले निर्देशन गर्ने फिल्ममा हमाल र अनुसँगै रबि गिरी, किशोर खतिवडा, प्रदिप ढकाल लगायतको मुख्य भुमिका रहनेछ । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ । माईकल चन्दको नृत्य रहने फिल्ममा द्वन्द्व अष्ट महर्जनको रहने बताईएको छ ।

महेश्वर खत्री र श्रीपसा खत्रीको लागनी रहने यस सिनेमामा लेखन तथा छायाँकन निर्देशक श्रेष्ठ स्वयंमको रहनेछ । फिल्मको खास विषयबस्तु र पात्रको भुमिका गोप्य राखिएको छ ।

For More videos Log on to Mazzako TV