मज्जाको अनलाईन, पुष ७ गते मंगलबार, २०७२, काठमाण्डौं ।

IMG_9726
डि सिने अवार्ड २०७२ मा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ उत्कृष्ट ठहरिएका छन् । चलचित्र ‘नोभेम्बर रेन’बाट आर्यन र नम्रता उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल भए । सोमबार साँझ राजधानीमा भएको सातौं डि सिने अवार्डमा अभिनेता र अभिनेत्री, उत्कृष्ट फिल्म, निर्देशक सहित ‘नोभेम्बर रेन’ले सर्वाधिक आँठ विधामा अवार्ड हात पार्यो ।

IMG_9673

छायाँछबि क्रियशनको आयोजनामा भएको अवार्ड कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका नयाँ देखि पुराना कलाकार तथा प्रविधिक सहित पत्रकारहरुको निकै बाक्लो उपस्थिति रहेको थियो ।

IMG_9717

कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान दिएका दुई ब्यक्तित्वहरु वितरक तथा निर्माता गोपाल कायस्थ र अभिनेत्री गौरी मल्ललाई दोसल्ला तथा प्रमाणपत्र सहित ’छायाँछवि फिल्मकर्मी रजत सम्मान’ प्रदान गरियो भने चलचित्र पत्रकार डब्बु क्षेत्रीलाई ७ हजार ७ सय ७७ रुपैयाँ राशी सहितको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार बाट सम्मान गरियो ।

IMG_9636

IMG_9640

सातौ डि सिने अवार्डमा क कस्ले अवार्ड पाए ?

उत्कृष्ट एनिमेशन/ग्राफिक्स : अच्यूत गजुरेल(भीमदत्त)
उत्कृष्ट श्रृंगार : अमृत  मरहठ्ठा ( टलकजंग भर्सेज टुल्के)
उत्कृष्ट ध्वनी मिश्रण : उत्तम न्यौपाने (कबड्डी)
उत्कृष्ट पाश्व संगित : एलिस कार्की (सेतो बाघ)
उत्कृष्ट दन्द निर्देशक : चन्द्र पन्त  (हबल्दार सुन्तली)

उत्कृष्ट नृत्य निर्देशक : गम्भिर विष्ट  (लभ यू बाबा)
उत्कृष्ट गीतकार : कृष्णहरि बराल (कोहिनुर – के म तिम्रो होइन र)
उत्कृष्ट गायिका : साहिमा श्रेष्ठ (हबल्दार सुन्तली)
उत्कृष्ट गायक : युवराज चौलागाईं (नोभेम्बर रेन -तिमीलाई)
उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल  (स्टुपिड मन -तिम्रो आँखामा)

उत्कृष्ट बालकलाकार : संगम विष्ट (लभ यू बाबा)
उत्कृष्ट नव नायिका : शिल्पा पोखरेल (लज्जा)
उत्कृष्ट नव नायक : सुदर्शन थापा  (अझै पनि)
उत्कृष्ट नव निर्देशक : मुस्कान ढकाल  (नाईं नभन्नू ल ३)
उत्कृष्ट खलपात्र : अनुप विक्रम शाही (हँसिया)

उत्कृष्ट चरित्र अभिनेता : सबिन बास्तोला (सुनपानी)
उत्कृष्ट चरित्र अभिनेत्री : सूर्यमाला खनाल( सुन्तली
उत्कृष्ट सह अभिनेत्री : छुल्ठिम गुरुङ्  (नोभेम्बर रेन)
उत्कृष्ट सह अभिनेता : गजित विष्ट  (पुनर्जन्म)
उत्कृष्ट कथा : रामशरण पाठक (वर्ल्ड कप इन नेपाल)

उत्कृष्ट पटकथा : रामबाबु गुरुङ्, उपेन्द्र सुब्बा (कबड्डी)
उत्कृष्ट सम्पादन : राजु भण्डारी (वर्ल्ड कप इन नेपाल)
उत्कृष्ट छाँयाकार : राजेश श्रेष्ठ (नोभेम्बर रेन)
उत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ (नोभेम्बर रेन)

उत्कृष्ट अभिनेता : आर्यन सिग्देल (नोभेम्बर रेन)
उत्कृष्ट निर्देशक : दिनेश राउत (नोभेम्बर रेन)
उत्कृष्ट फिल्म : नोभेम्बर रेन

विशेष अवार्डस्
जुरी अवार्ड : रामबाबु गुरुङ (निर्देशक – कबड्डी)
क्रिटिक्स अवार्ड अभिनेता : दयाहाङ् राई (कबड्डी)
क्रिटिक्स अवार्ड अभिनेत्री : प्रियंका कार्की (सुन्तली)
क्रिटिक्स अवार्ड फिल्म : भीमदत्त
विशेष फिल्म अवार्ड : सुनपानी
पब्लिक च्वाइसस् अवार्ड : कोहिनुर
प्रोत्सहान अवार्ड : सविन श्रेष्ठ  (हब्लदार सुन्तली)

IMG_9617

IMG_9630

IMG_9644

IMG_9674

IMG_9689

IMG_9710

IMG_9708

For More videos Log on to Mazzako TV