काठमाडौं । एकीकृत नेकपा(माओवादी)ले सङ्घीय गणतन्त्र नेपालको सङ्घीय संरचनाअनुसार नै पार्टीको संरचना बनाउने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा सोमवार बसेको स्थायी समितिको बैठकले पार्टीको नयाँ संरचना बनाउने जिम्मा पदाधिकारीलाई दिएको छ । नेपालको संविधानमा सात सङ्घीय राज्यको व्यवस्था गरिएको छ । सोही व्यवस्थानुसार पार्टीगत संरचना बनाउने निर्णय आइतबारको केन्द्रीय समितिको बैठकले गरेको थियो ।

UCPN( Maoist)officeस्थायी समिति बैठकले सात प्रदेशमा स्थापित नेताको नेतृत्वमा नै पार्टीको संरचना निर्माण गर्ने निर्णय गरेको छ । सकेसम्म स्थायी समिति सदस्य वा वरिष्ठ पोलिटब्युरो सदस्यको नेतृत्वमा पार्टीको सङ्घीय संरचना बनाइने विषयमा छलफल भएको बुझिएको छ ।

समानुपातिक तथा समावेशी प्रतिनिधि बढाउने, महिला, आदिवासी, जनजाति तथा विगतमा गरेको त्याग, योगदानलाई आधार बनाएर सङ्घीय संरचना बनाइने एमाओवादीले तयारी गरेको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले स्थायी समिति बैठकले सङ्घीय संरचनानुसार पार्टीको संरचना बनाउने भनी गरेको विषयमा मङ्गलबार बस्ने पदाधिकारी बैठकले टुङ्गो लगाउनेछ । उनले बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, तराई मधेसको आन्दोलनलाई सम्बोधन गर्ने र भारतले जारी राखेको अघोषित नाकाबन्दी लगायत विषयमा छलफल भएको जानकारी दिए ।

बैठकले राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गर्न र वार्ता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन सरकारलाई आग्रह गरेको छ ।

बैठकमा एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कामकारबाहीका विषयमा समीक्षा गर्नाका साथै जनताका पक्षमा अधिकभन्दा अधिक काम गर्न र जनताको विश्वास जित्न मन्त्रीहरुलाई निर्देशन दिएको छ ।

For More videos Log on to Mazzako TV