मज्जाको अनलाईन, पुष ६ गते, सोमबार, २०७२, काठमाण्डौं ।

आगामी शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आधा पेज’को नयाँ गीत सार्वजनिक गरिएको छ । रुपक न्यौपानेको स्वर,शब्द र संगीत रहेको ‘यो मान मान्दैन’ बोलको गीत युट्युबबाट सार्वजनिक गरिएको हो ।

‘आधा पेज’को यस गीतमा चलचित्रका नवनायक रुपेश न्यौपाने र नायिका रिस्ता बस्नेतलाई ठुम्का लगाईरहेको देख्न सकिन्छ। गीतको नृत्य निर्देशन सुदीपले गरेका हुन् ।

समुन्द्र भट्टको निर्देशनमा रहेको यस सिनेमामा सलोन बस्नेत ,रिस्ता बस्नेत ,रुपेश न्यौपाने , बिपना बस्नेत , दीपक क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ । रुपक न्यौपानेको प्रस्तुतिमा परी फिल्मको ब्यानरमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV