मज्जाको अनलाईन, पुष ५ गते आईतबार, २०७२, काठमाण्डौं ।

Fagu 3
सदावहार नायिका करिश्मा मानन्धरले निर्माण गरेको चलचित्र ‘फागु’को प्रचार सामाग्रीहरु सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरि चलचित्रको ट्रेलर तथा गीतहरु सार्वजनिक गरिएको हो । निकै आर्कषक र कलरफुल लाग्ने ट्रेलर र गीतबाट राम्रो प्रतिक्रियाहरु प्राप्त भईरहेको निर्देशक सम्झना उप्रेती रौनियारले जानकारी गराएकी छिन् ।

Fagu 4

फागुन ७ गते देखि प्रदर्शनमा आउने चलचित्र ‘फागु’ मा नायिका शिल्पा पोखरेल मुख्य भूमिकामा छिन भने उनलाई नव नायक सुवास पराजुलीले साथ दिएका छन् । यस चलचित्रमा शिल्पा र सुवासका अलावा महानायक राजेश हमाल, अभिनेत्री गौरी मल्ल, बसन्त भट्ट, प्रमोद अग्रहरी लगायतको पनि अभिनय हेर्न पाईन्छ । चलचित्र फागुमा बसन्त सापकोटाको संगीत र रामशरण उप्रेतीको छायाँकन रहेको छ ।

Fagu 6

Fagu 2

Watch Trailer Here-

Watch Songs Here-

For More videos Log on to Mazzako TV