मज्जाको अनलाईन, पुष ५ गते आईतबार, २०७२, काठमाण्डौं ।

महानायक राजेश हमाल अभिनित चलचित्र बागमती यही पौष २४ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउदैछ । निकै बहुप्रतिक्षित मानिएको यो सिनेमा प्रचारप्रसारको लागि महानायक पाएको फ्लोरलाई सक्दो सदुपयोग गरिहाल्छन् । यसै बीच उनले साईकल र्यालीमा पनि सहभागीता जनाएका छन् । शनिबार राजधानीको किर्तिपुरबाट चलचित्र ‘बागमती’को प्रायोजनमा साइकल चढे । उनले उक्त साइकल र्याली कार्यक्रमको उद्घाटन मात्रै गरेनन् कि चलचित्र बागमतीको प्रचार प्रसारको लागि आफैले साइकल चलाएर कार्यक्रम सफल समेत परेका थिए ।

Rajesh 1

कार्यक्रममा हमालले आफ्नो नयाँ चलचित्र ‘बागमती’ हेर्न सबै दर्शकलाई अनुरोध समेत गरे । महानायक राजेश हमालले रिबन काटेर सुरु गरेको सो साइकल र्याली किर्तिपुरबाट सुरु हुदै चोभार, बागमती, नखु, पाटन दरबार स्क्वायर,कुपन्डोल, त्रिपुरेश्वर,असन, नरदेवी ,कालिमाटी ,बल्खु हुदै क्रितिपुर नै पुगेर समापन भएको थियो ।चलचित्र बागमती लेखिएको टिशर्ट लगाएर करिब ३०० जनाले ४० किलो मिटरको सो साइकल र्याली पुरा गरेका थिए ।

Rajesh 2

दक्षिण भारतीय निर्देशक सन्नी केरला निर्देशित चलचित्र ‘बागमती’मा राजेश हमालका अलावा शिब श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, रविकर, बालकलाकार कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ । फिल्मलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा दिनेश दर्शनधारी र बिजय सत्यालले निर्माण गरेका हुन ।

Rajesh 3

For More videos Log on to Mazzako TV