मज्जाको अनलाईन, पुष ३ गते शुक्रबार, २०७२, काठमाण्डौं ।

आगामी सोमबार कार्की बैंकट थापाथली हाइटमा ‘एलजी डि सिने अवार्ड ०७२’ को भव्य रुपमा कार्यक्रम आयोजना गरिँदैछ । विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिन लागेको उक्त कार्यक्रममा डि सिने अवार्डका विभिन्न विधामा अवार्ड प्रदान गरिँदैछ ।

सातौं संस्करणमा आइपुग्दा एलजीसँग ब्रान्डिङ गरेको डि सिने अवार्डको भव्य तयारी गरिएको आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

12376423_984328734971503_1475210159485465995_n

साथै सोही अवार्ड कार्यक्रममा विगत २५ वर्षभन्दा अघिदेखि नेपाली चलचित्र उद्योगमा क्रियाशील दुई चलचित्रकर्मीहरु गोपाल कायस्थ र गौरी मल्ललाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान र दुई दशकदेखि पत्रकारितामा क्रियाशील व्यक्तित्व डब्बु क्षेत्रीलाई छयाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिँदैछ । हाँस्यब्यंग्य प्रस्तुती गायन र नृत्यको श्रंखला सहितको रमाईलो कार्यक्रमलाई हिमालय टीभी र रेडियो थाहा संचारले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

For More videos Log on to Mazzako TV