मज्जाको अनलाईन, पुष ३ गते शुक्रबार, २०७२, काठमाण्डौं ।

दयाहाङ राई यो बेलाका चलेका कलाकार हुन् । उनलाई आफ्नो चलचित्रमा खेलाउन जो कोही निर्माता पनि तयार हुन्छन् । दयाहाङ पनि पहिला स्क्रिप्ट पढेर चित्त बुझेमा चलचित्रमा काम गर्न इच्छुक नै हुन्छन् तर कहिलेकाही भने चलचित्रको प्रविधिक पाटोले गर्दा पनि चलचित्रमा काम गर्न असम्भव हुने रहेछ । चलचित्र ‘बागमती’मा पनि दयाहाङको लागि यस्तै भयो ।

Nepali-Movie-Bagmati700

स्कृप्ट पढेर ‘बागमती’मा अभिनयको लागी दयाहाङ तयार भएका थिए, तर अन्त्यमा उनले निभाउनुपर्ने पात्रले ट्रक चलाउनुपर्ने थियो तर दयाहाङलाई ड्राईभिङ आउदैनथियो । निर्माण टिमले ट्रक नै किनेर उनलाई अबसर दिँदा समेत संभावना नदेखिएपछि उनी ‘बागमती’बाट आउट भएको निर्माता दिनेश दर्शनधारीले बताए । दयाको सट्टामा रविकारलाई चलचित्रमा लिईएको हो ।

राजेश हमालको कमब्याकको रुपमा लिईएको चलचित्र ‘बागमती’ यही पुष २४ गतेबाट प्रदर्शनमा आउदैछ। साउथ ईण्डियन प्रबिधीको प्रयोग गरिएको चलचित्रलाई सन्नी केरलाले निर्देशन गरेका हुन् । चलचिमा राजेशका अलावा एक्शन किङ शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की लगायतको पनि अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV